काठमाडौं, २० फागुन । आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक जिम्बावेले नेपाललाई ३ सय ८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८० रन बनाएको हो ।
जिम्बावेका लागि सिकन्दर राजाले १ सय २३ रन बनाए । उनले ६६ बलमा ७ चौका र ९ छक्काको मद्धतमा १ सय २३ रन बनाएका हुन् । त्यस्तै ब्रेन्डन टेलरले ९१ बलमा ६ चौका र एक छक्कासहित १ सय रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।
नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामीले २–२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए । नेपालले अहिले जवाफि व्याटिङ गरिरहेको छ । ६ ओभर खेल्दा नेपालले १ विकेट गुमाउदै २१ रन बनाएको छ ।