नवलपरासी, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा बसेर भष्टाचार गर्नेहरुलाई जेल हाल्ने बेला आएको बताउनु भएको छ ।
बिहिबार नवलपरासीमा भएको कार्यक्रममा अध्यक्ष दाहालले गरिबलाई न्याय नदिने पैसा लिएर जालीहरुको पक्षमा फैसला सुनाउनेलाई जेल हाल्ने बेला आएको बताएका छन् ।
अध्यक्ष दाहालले वाम गठबन्धनको सरकारले सुशासान कायम गर्दै गरिब जनाताको पक्षमा काम गर्ने दाबी गरे । न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रसम्म भ्रष्टचार मौलाएको भन्दै अध्यक्ष दाहालले वाम गठबन्धनको सरकारले नियन्त्रण गर्ने बताए ।
एमाले र माओवादीबीच सात बुँदे सहमतिपछि एकता हुने निश्चित भएको दाबी गर्दै अध्यक्ष दाहालले एकता हुन नदिने षड्यन्त्र असफल भएको बताए । अध्यक्ष दाहालले केहिदिनभित्र मन्त्रीपरिषदले पूर्णता पाउने समेत दाबी गरे ।




