भ्रष्टाचार अन्त्य गर्ने प्रम ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

भ्रष्टाचार अन्त्य गर्ने प्रम ओलीको प्रतिबद्धता

PM oli

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ध्यान देश विकासमा मात्र केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देश बनाउने बाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारेका छन् ।

बिहीबार प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा नरहेको बताए । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको उत्तिकै प्रयास आवश्यक रहनेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कसैलाई दुःख दिने नियत सरकारको नरहेको बताएका छन् ।