इण्डोनेसियाको बान्टेन प्रान्तस्थित एक क्यान्डी उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी करिव ५० जना बेपत्ता भएका छन् । आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । शनिवार राति सेराङ रिजेन्सीस्थित कारखानामा आगलागी भएको थियो । घटनास्थलबाट सातवटा शव राखिएका झोला फेला परेको प्रहरीले जनाएको छ । ती शवलाई पहिचानका लागि अस्पताल पठाइएको छ । आगलागी हुँदा कारखानामा करिव ३०० जना उपस्थित रहेको बताइएको छ । आगोको तिब्रताका कारण मृतकका शवहरू चिन्न नसकिने अवस्थामा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन् । त्यसैले मृतकको पहिचान गर्न दृश्य परीक्षण सम्भव नभएको जनाइएको छ । प्रहरीकाअनुसार आगलागीबाट क्षतिग्रस्त भवनका केही भाग भत्किन सक्ने जोखिम रहेकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
इण्डोनेसियाको क्यान्डी कारखानामा भीषण आगलागी, ५० जना अझै बेपत्ता
ताजा समाचार
ललितपुरको कार्तिक नाचमा नरसिंह अवतारको प्रश्तुति
२१ मिनेट अघि
चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान
१ घन्टा अघि




