भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने

काराकास पेट्रोको सफल लञ्चिङपछि भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने विश्वकै पहिलो मुलुक बन्ने भएको छ ।

kripsto currncy

काठमाडौं, १६ फागुन । काराकास पेट्रोको सफल लञ्चिङपछि भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने विश्वकै पहिलो मुलुक बन्ने भएको छ । नयाँ भर्चुअल टोकनलाई पेट्रो ओरो नाम दिइएको यो मुद्रालाई बहुमूल्य धातुको समर्थन रहने पनि अनुमान गरिएको छ ।

आगामी साता यो नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने समयतालिका मिलाइएको हुने टिभी न्युज नेटवर्क ग्लोबोभिजनले जनाएको छ । यो साताको सुरुमै देशले पेट्रोको लञ्च गरेको थियो । यो विश्वकै पहिलो राष्ट्रिय डिजिटल मुद्रा हो । यसलाई देशको ऊर्जा सञ्चितिको समर्थन रहेको पनि जनाइएको छ । सुरुको बिक्रीमा तेलको समर्थन रहेको क्रिप्टोकरेन्सीले ७३ करोड ५० लाख डलर उठाउने अपेक्षा गरिएको छ ।

माडुरोले देशको राज्य ऊर्जा कम्पनी पीडीभीएसए, राज्य सञ्चालित सीभीजी र पेट्रोकेमिकल कम्पनी पेक्विभेनलाई आफ्नो खरिद र बिक्री सम्झौतामा पेट्रोको प्रयोग गर्नका लागि आदेश दिएका छन् । यसैबीच विश्वभरि रहेका भेनेजुएलाका राजदूतावासहरूलाई वस्तु समर्थन रहेको क्रिप्टो करेन्सीको प्रयोगका लागि परामर्श सेवा दिन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);