फ्लाभियो बोल्सोनारो अमेरिकामा आफूखुशी बस्न सक्ने ट्रम्पको भनाइ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

फ्लाभियो बोल्सोनारो अमेरिकामा आफूखुशी बस्न सक्ने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका पराजित राष्ट्रपति उम्मेदवार फ्लाभियो बोल्सोनारो अमेरिकामा आफूले चाहेसम्म बस्न सक्ने बताउनुभएको छ । फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लबमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले बोल्सोनारोसँग भेट्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो । यद्यपि, उहाँले बोल्सोनारोमाथि अन्यायपूर्ण व्यवहार भएको टिप्पणी गर्दै अमेरिकामा चाहेसम्म बस्न सक्ने बताउनु भयो । बोल्सोनारोबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, ‘उहाँसँग भेट्ने कुनै योजना छैन । तर मलाई लाग्छ उहाँमाथि अत्यन्तै अनुचित व्यवहार भएको छ । त्यसैले उहाँ आफूले चाहेसम्म यहाँ बस्न सक्नुहुन्छ ।’ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रियालाई समेत अपमानजनक भन्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बोल्सोनारोमाथि अन्याय भएको आफ्नो धारणा रहेको दोहो¥याउनु भयो । लिबरल पार्टीका उम्मेदवार बोल्सोनारो अक्टोबर २५ मा भएको दोस्रो चरणको निर्वाचनमा पराजित हुनुभएको थियो । त्यसपछि उहाँ गत बुधवार परिवारसहित निजी विमानमार्फत अमेरिका पुग्नुभएको थियो । अर्जेन्टिनाबाट उडेको उक्त विमान इक्वेडरमा रोकिएपछि अमेरिका पुगेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार