एक्सट्रीम इनर्जी ड्रिंकद्धारा एनपीएलको ७ टोलीलाई समर्पित गर्दै ७ वटा स्वागत गेट निर्माण | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

एक्सट्रीम इनर्जी ड्रिंकद्धारा एनपीएलको ७ टोलीलाई समर्पित गर्दै ७ वटा स्वागत गेट निर्माण

नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ सुरुहुनु अघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष एक्टिभेसन सुरु गरेको छ ।
सिजन ३ मा सहभागी ८टोली मध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको छ । एनपीएलका खेलहरू हुने मुख्यस्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनु अघि नै यस स्तरको एक्टिभेसन सुरुगर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ । एक्सट्रीमले काठमाडौ ंगोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ ।यससँगै एक्सट्रीमले पोलब्यानर, होर्डिङ, गेटब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको छ ।एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने छ ।

Leave a Reply