काठमाडाैं । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा ग¥यो । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो । लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि पाएको ८६ रनको लक्ष्य लुम्बिनीले सहजै पुरा गरेको हो । प्राप्त झिनो लक्ष्य ९ ओभरमै पूरा गर्दै लुम्बिनीले ८ विकेटले उपाधि जित्यो । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो । आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो ।





