मुलुकलाई संकटबाट जाेगाउने पार्टी नेकपानै हाे : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

मुलुकलाई संकटबाट जाेगाउने पार्टी नेकपानै हाे : माधव नेपाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो ।

निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले खेलेका भूमिकाहरुको एकीकृत रुपमा प्रचार गर्नुपर्ने सहसंयोजक नेपालको भनाई थियो । उहाँले विगतमा आफूहरु सरकारको नेतृत्वमा रहँदा केही गरेन भन्नेहरुको पनि खण्डन गर्न पार्टी  नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

विगतमा हामीले खेलेका महत्वपूर्ण भुमिकाहरु प्रचार गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले अहिले पनि मुलुकलाई संकटबाट जोगाउन महत्वपूर्ण भुमिका खेल्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै जिकिर गर्नुभयो ।

सहसंयोजक नेपालले भदौ २३ र २४ को घटनापछि मुलुकमा उत्पन्न संकट समाधान गर्न र मुलुकलाई निर्वाचनमा लैजाने वातावरण बनाउन आफू र पुष्पकमल दाहालले महत्वपूर्ण भुमिका खेलेको दाबी गर्नुभयो ।

Leave a Reply