काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्ने कुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।
नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरुको जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उहाँले आफूहरुले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएको समेत बताउनुभयो ।
सहसंयोजक नेपालले आफ्नो पार्टी जेन–जी पुस्ता एकीकृत भएर आउने क्रम जारी रहेको समेत बताउनुभयो ।





