प्रतिनिधि सभाबाट सामुन्द्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

प्रतिनिधि सभाबाट सामुन्द्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन

काठमाडौँ । 

प्रतिनिधि सभाको मंगलवारको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले यस सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रश्ताव पेश भएसँगै सभामुखले निर्णयार्थ सदनमा पेश गर्नुभयो । सदनमा उपस्थित सांसदहरूले यो प्रश्तावको पक्षमा समर्थन जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त सम्झौता सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । नेपालले यसअघि नै संयुक्त राष्ट्र सङ्घीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रको रूपमा काम गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार