शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः साह | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः साह

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताउनु भयो । उहाँले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उहाँको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताउनु भयो । प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार