काठमाडौं, १४ फागुन । अमेरिकाले उत्तर कोरियासँग वार्ताका लागि पारमाणविक अस्त्रको कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको छ । उत्तर कोरियाले वार्ताको इच्छा गरेको प्रतिक्रियास्वरुप अमेरिकाले वार्ताका लागि निशस्त्रीकरण शर्त भएको बताएको हो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियासँग हुने कुनै पनि संवादले उसको पारमाणविक अस्त्र कार्यक्रम अन्त्य गर्नुपर्ने बताएको छ ।
ह्वाइट हाउसले वार्ताका लागि निशस्त्रीकरण आफ्नो शर्त भएको र उत्तर कोरियाले निशस्त्रीकरणको बाटो अवलम्बन गरे उसका लागि सुनौलो ढोका खुल्ने बताएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डलले शीतकालीन ओलिम्पिक्सका क्रममा वाशिङटनसँग संवादका लागि इच्छा जाहेर गरेको कुरा दक्षिण कोरियामार्फत ह्वाइट हाउस पुगेको थियो ।




