प्रमुख दलहरू सच्चिनु नै सुरक्षित बाटो, देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम भोग्दैछौँः महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

प्रमुख दलहरू सच्चिनु नै सुरक्षित बाटो, देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम भोग्दैछौँः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभएको छ ।
शनिवार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो, ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड दिनुभयो । कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्नुभयो । निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावना बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने उहाँको दाबी छ । राष्ट्रका समस्या समाधान गर्ने क्षमता प्रमुख दलहरूमा मात्र रहेको जिकिर गर्दै उहाँले वैकल्पिक शक्तिका नाममा हुने प्रयोगले सही परिणाम नदिने तर्क गर्नुभयो । उहाँले देखाइदिउँ भन्ने प्रवृत्तिको परिणाम आज पार्टीले भोगिरहेको बताउनु भयो ।

उहाँले संगठन निर्माणमा देखिएका समस्या समाधान गर्दै प्रविधिको अधिकतम प्रयोग गरी आगामी कार्ययोजना सफल बनाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभयो ।

Leave a Reply