देशभर आंशिकदेखि सामान्य बदलीः केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

देशभर आंशिकदेखि सामान्य बदलीः केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यसैगरी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा मधेस, वागमती र गण्डकी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । आज राति पनि देशभरको मौसममा साधारणतया बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ भने तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने देखिएको छ । मौसममा आउने यस परिवर्तनका कारण आवश्यक शतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Leave a Reply