देशभर वर्षा र हिमपातको सम्भावना, पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

देशभर वर्षा र हिमपातको सम्भावना, पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभरको मौसममा साधारणतया बदली रही विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको हो । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रतर्फ कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ । साथै, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, रातिको समयमा पनि देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागतर्फ कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । तराई क्षेत्रमा कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Leave a Reply