प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पार्नुभएको छ । मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताउनु भयो । यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता सभामुखमार्फत जनाएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तरकै रूपमा नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दा सीमाको विषयलाई समेटेर जनतालाई स्पष्ट पार्न सक्ने सुझाव दिनुभयो । नेपाली काँग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले पार्टी सधैँ संविधान र विधिको शासनमा अडिग रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार