सरकारले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई सफल बनाउन सडकको आवश्यक व्यवस्था तत्काल मिलाओस्ः बासना थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

सरकारले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई सफल बनाउन सडकको आवश्यक व्यवस्था तत्काल मिलाओस्ः बासना थापा

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।

सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उक्त अस्पतालको प्रभावकारी सञ्चालन गर्ने काममा सरकारले तत्काल  आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक थापाले सरकारले स्वास्थ्य चौकीहरुको सुधारमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार