चीनमा विकसित नयाँ पुस्ताको अत्याधुनिक ट्रयाक–बिछ्याउने मेसिनले उत्तरी चीनको शान्सी प्रान्तमा ४३ दिनको छोटो अवधिमै २५० किलोमिटर लामो ‘हाई–स्पिड’ रेलमार्ग निर्माण सम्पन्न गरेको छ । चीनले स्वदेशमै विकास गरेको यस उन्नत मेसिनले दैनिक अधिकतम १२ किलोमिटरसम्म रेलको ट्रयाक बिछ्याउन सक्ने क्षमता राख्दछ । अत्याधुनिक प्रविधिको प्रयोगले रेल पूर्वाधार निर्माणको कार्यलाई थप तीव्र र प्रभावकारी बनाएको छ ।




