सरकारले प्रश्न सोध्नेमाथि सजाय दिने काम गरिरहेको छः निश्कल राई | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

सरकारले प्रश्न सोध्नेमाथि सजाय दिने काम गरिरहेको छः निश्कल राई

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहलाई श्री ८ को संज्ञा दिनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न सोध्न पाइँदैन भनेर नागरिकको प्रश्नलाई समेत बर्जित गरिरहेको आरोप समेत लगाउनु भयो । सरकारले नागरिकलाई आफूले सुन्न चाहेको विषयलाई मात्रै बोल्न आदेश दिइरहेको पनि सचेतक राईको जिकिर थियो । उहाँले सरकारले प्रधानमन्त्री साहलाई प्रश्न गर्न पाईदैन भनेर सबै क्षेत्रमा दमनको नीति लिइरहेको आरोप पनि लगाउनु भयो । उहाँले पार्टी सभापति गगन थापा, विभिन्न मिडिया हाउसहरुमा गाडी पार्किङ गरेर सरकारमाथि सिधा प्रश्न गर्नेहरुलाई त्रसित बनाएको तर्क समेत गर्नुभयो । सरकारले सुकुम्बासी बस्ती, गणेश नेपालीको मृत्यु प्रकरणमा प्रश्न सोध्नेहरुलाई दमन गरेर संविधान र कानूनको समेत खिल्ली उडाईरहेको सचेतक राईले दावी गर्नुभयो ।

सचेतक राईले सरकारलाई जनताको अधिकार कुल्चने कुनैपनि अधिकार नभएको पनि बताउनु भयो । सरकारले प्रश्न सोध्नेलाई सजाय दिने काम गरिरहेको पनि उहाँले दाबी गर्नुभयो ।

Leave a Reply