फरेन्सिक विशेषज्ञको स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्छः कार्यकारी निर्देशक झा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

फरेन्सिक विशेषज्ञको स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्छः कार्यकारी निर्देशक झा

काठमाडौं ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकी कार्यकारी निर्देशकले मोनिका झाले विधि विज्ञान (फरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागि हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोरेन्सिक विज्ञानमा मास्टर्स नै न्युनतम शैक्षिक योग्यता भएकाले विशेषज्ञका लागि पनि सोही मापदण्ड कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यकारी निर्देशक झाले प्रयोगशालासँग सम्बन्धित समितिलाई प्रशासन, नियमन र अनुसन्धान गरी तीन उपसमितिमा विभाजन गर्न समेत प्रश्ताव गर्नुभयो । एउटा मात्रै समिति रहने हो भने सीमा निर्धारण गर्नुपर्नेमा उहाँको जोड छ ।उहाँले हाल गृह मन्त्रालयका सहसचिव प्रयोगशालाको सदस्य रहेकाले उक्त व्यवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । प्रहरीको प्रत्यक्ष संलग्नताभन्दा मन्त्रालयस्तरबाट प्रतिनिधित्व हुँदा प्रयोगशालाले स्वतन्त्र र सहज रूपमा काम गर्न सक्ने उहाँको तर्क छ ।

Leave a Reply

ताजा समाचार