छानबिन समितिको बैठकमा खोलियो सीसीटीभी हार्यडिस्कको रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

छानबिन समितिको बैठकमा खोलियो सीसीटीभी हार्यडिस्कको रिपोर्ट

cctv

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा सुरू भएको छ । भर्खरै सुरू भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन थालिएको छ । भर्खरै हेरेर छलफल भइरहेको भन्दै उनले बताए । अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो । समितिको म्याद सुरूको १० दिनबाट गत बिहीबार पुनः ७ दिन थपिएको छ । यद्यपि समितिले ठोस प्रमाण भने भेटिसकेको छैन । केही दिनअघि सिंहदरबार छिर्ने गेटको समेत सीसीटीभी फुटेज मागिएको थियो ।

Leave a Reply