सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज पनि डिलिट | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

सिंहदरबार दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज पनि डिलिट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्रालयले सिंहदरबार दक्षिण र परिश्चम गेटको सीसीटीभी फुटेज १६ दिन भन्दा धेरै नरहे भनी पत्र पठाएको छ । मन्त्रालयले १६ दिन भन्दै धेरुै दिन फुटेज आफुहरु संग सुरक्षीत नहुने भन्दै उक्त समयको फुटेज आफुहरु संग नरहेको भन्दै पत्रचार गरेको छ । शर्मा माथिको छानबिन पेचिलो बन्दै गएका बेला गृहमन्त्रालयले पनि छानबिन समितीलाई उक्त जवाफ पठाएको हो । यस अगाडी अर्थमन्त्रालयले पनि आफुहरु संग सीसीटीभीको फुटेज १३ दिन मात्रै रहने भन्दै बताए पछि छाबिन समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर गर्न पठाएको थियो ।

हार्डडिस्क रिकभर गर्न पठाए संगै समितीले गृहमन्त्रालय समक्ष सिंहदरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज पनि मागेको थियो । समितीले गृहमन्त्रालयलाई फुटेज मगाए पछि मन्त्रालयले छानबिन समितीमा उक्त जवाफ आज पठाएको छ । समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट भने हिजो आइसकेको छ ।

रिकभर फुटेजमा प्रष्ट नभएपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज केही सघाउने अपेक्षा समितिले राखेको थियो । तर, गृहले १६ दिनभन्दा धेरै गेटको फुटेज नरहने भनेर जवाफ पठाएको छ । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । गृहले तयार पारेको कार्यविधि अनुसार अति सुरक्षित र सम्बेधनशिल माथिएको सिंहदरबारमा पनि कतै १३ दिन त कतै १६ दिन मात्रै सीसीटीभी फुटेज रहने गरेको छ ।

कार्यविधिको सार्वजनिक प्रयोगसम्बन्धी बुँदा नम्बर ५ मा सीसीटीभीबाट खिचिएका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ । तर, गृहमन्त्रालयले छानबिन समितीलाई पठाएको पत्रले सिंहदरबारले नै सीसीटीभी जडान तथा सञ्चालन कार्यविधको पालना नगरेको भन्ने पुष्टि भएको छ ।

Leave a Reply