हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी षडयन्त्रमूलक ढंगले हत्या भएको भन्दै त्यो अहिले पनि खोजीको विषय बन्नुपर्ने बताउनुभएको छ  ।
आईतवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले मदन भण्डारीको हत्याबारे नेपालीमा समाजमा यथार्थ उजागर गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले मदन भण्डारी अनेक क्षमता भएका नेपालको कम्युनिष्ट आन्दोलनको सम्मानित व्यक्ति भएको चित्रित गर्दै त्यसै भएर उहाँलाई कार्लमाक्र्स नेपालमा जिवित छन भनेर भनेको तथ्य पनि स्मरण गराउनु भयो । सहसंयोजक नेपालले मदन भण्डारीको विरासतलाई उजागर गर्ने कार्यमा अझै सक्रियतापूर्वक लाग्न मदन भण्डारी फाउण्डेशललाई आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘त्यो हामीले बुझ्नुपर्दछ कि नेपाली कम्युनिष्ट आन्दोलनको सम्मान हो । नेपालको कम्युनिष्ट आन्दोलनको सम्मान हो । त्यसो हुनाले अरुले सजिलै त्यसै भनेका होइनन–कार्लमाक्स नेपालमा जिउँदैछ । मदन भण्डारी जस्तो व्यक्ति, अनेक खुवी र क्षमता भएको व्यक्ति हामीले गुमायौ असमायिक हिसावले । शंकास्पद अत्यन्तै बडो जीप दुर्घटना भन्ने नाममा जुन षडयन्त्रमूलक उहाको हत्या भएको छ । त्यो अझै पनि खोजीको विषय बन्नुपर्दछ । यथार्थतालाई हामीले उजागर गर्न सक्नु पर्दछ । त्यसो हुनाले पनि म आजको दिनमा यो फाउन्डेशनलाई म भन्न चाहन्छु–तपाईहरुले जसरी मदन भण्डारी कमरेडको विरासतलाई जागाउनका लागि जुन सक्रियता देखाईरहनु भएको छ । अग्रसरता लिनुभएको छ । यो अग्रसरता र निरन्तरता जारी रहोस् । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीले नयाँ उचाई हासिल गर्न सकोस् । नयाँ उचाई हासिल गर्नका लागि कमीकमजोरीहरु खोजोस् । सबभन्दा पहिलो कुरा भनेको त सहकार्य गर्ने नै हो । मिलेका विषयमा मिलेर अघि बढने हो । विचार मिल्दै गयो भने, मन मिल्दै गयो भने भावना मिल्दै गएपछि एकतावद्ध पनि हुने हो । आज मिलेको छ, भोलि फेरि फुटेको छ । त्यो काम नहोस । विगतमा पनि त्यस्तो भएको छ । त्यसकारण मिल्ने कुरा मात्रै ठूलो कुरा होइन । बलियो एकता हुनुपर्दछ । सिद्धान्तनिष्ठ एकता हुनु पर्दछ । भावना पनि मिल्नुपर्दछ । विधि, पद्धतिमा पनि दह्रो हुनुपर्दछ । तर हामी विधि, पद्धतिमा कति दह्रो छौ ?’
त्यस अवसरमा सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुबीच तत्काल सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विगतमा जस्तो आज मिल्ने र भोली फुट्ने खालको एकता भने गर्न नहुने बताउनु भयो ।

Leave a Reply