‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभामा प्रश्तुत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभामा प्रश्तुत

काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि कुनैपनि विरोधको सूचना प्राप्त नभएपछि मन्त्री मेहताले उक्त विधेयक सदनमा पेस गर्नुभएको हो । विधेयक प्रश्तुत गर्दै मन्त्री मेहताले मुलुकलाई स्वास्थ्य क्षेत्रमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान र नागरिकलाई स्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐनमा संशोधन आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा उच्च स्तरीय अध्ययन तथा अनुसन्धानको प्रवद्र्धन गर्न, आवश्यक जनशक्ति तयार गर्न र स्थापित स्वास्थ्य प्रतिष्ठानहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो । प्रश्तावित विधेयकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई जिम्मेवार बनाउन उनीहरूको पदावधिसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

विशेषगरी, पदाधिकारीहरूको कार्यसम्पादन प्रभावकारी नभएको खण्डमा उनीहरूलाई पदबाट हटाउन सक्ने प्रावधानसमेत विधेयकमा थप गरिएको छ । यस संशोधनले स्वास्थ्य क्षेत्रको सुशासन र सेवा प्रवाहलाई नागरिक केन्द्रित तथा जनउत्तरदायी बनाउने मन्त्री मेहताले उल्लेख गर्नुभयो ।गुणस्तरीय स्वास्थ्य सेवामार्फत देशको समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन यो विधेयक कार्यान्वयन हुनु अनिवार्य रहेको उहाँको भनाइ थियो ।

 

Leave a Reply

ताजा समाचार