काठमाडौं ।
प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारका गतिविधिहरुले राम्रो संकेत नदिएको टिप्पणी गर्नुभएको छ । कर्मचारीहरुलाई आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरु प्रयोग गर्ने खालका सरकारका गतिविधिहरुले राम्रो संकेत नगरेको उहाँको जिकिर थियो । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलल प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहो¥याउनु भयो । उहाँले बीवाईडीमा करछली भएको भन्दै संसदीय छानविन समिति गठन गरी त्यसको तथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।सांसद पोखरेलले वर्तमान सरकार सनकका आधारमा अघि बढेकाले यसले मुलुकलाई अघि बढाउने आधार नभएको पनि बताउनु भयो ।




