संसदमा सांसदहरुबीच जुहारी | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

संसदमा सांसदहरुबीच जुहारी

काठमाडौं । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको टिप्पणी गर्नुभयो ।

कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै उहाँले आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो नभएको जिकिर गर्नुभयो । धर्मको नाममा राजीनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै सांसद पन्तले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताउनुभयो मन्त्री भएर संविधानको वर्खिलापमा बोल्नु संविधान विपरीत भएको उहाँको ठहर थियो ।

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले गल्ती गर्न नहुने उहाँको भनाइ थियो ।

राप्रपाका सांसद धवलशम्शेर जबराले पन्त र बस्नेतको भनाइको प्रतिवाद गर्नुभयो । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उहाँले यसलाई संविधानले पनि रोक्न नसक्ने र बोल्न पाउनुपर्ने जिकिर गर्नुभयो ।

सांसद राणाले नेपालको शिक्षा प्रणाली र कर्मचारीतन्त्र राजनीतिग्रस्त भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । सुकुम्बासीहरुलाई राजनीति गर्ने माध्यम नबनाई उनीहरुको पहिचान गरी सधैँका लागि समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);