काठमाडौँ ।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिनुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारका क्रियाकलाप अलोकतान्त्रिक र संविधानको मर्मविपरित रहेको दाबी गर्नुभएको हो । उहाँले सरकारको सञ्चालनमा राष्ट्रपति संस्थाको गरिमालाई नजरअन्दाज गरिएको आरोपसमेत लगाउनु भयो । पोखरेलले सरकारको तुलना महाभारतकालीन पात्र जरासन्धसँग गर्दै यसको जन्म र चरित्रमाथि प्रश्न उठाउनु भयो । उहाँले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सदनमा निरन्तर प्रश्न उठाउँदै सरकारको नीति, नियम र संवैधानिक मर्यादाप्रति जवाफदेहिता माग गर्नुभयो ।




