सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस् | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो ।

उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पार्नुभयो ।अध्यक्ष राईले सहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिनुभयो ।

Leave a Reply