अर्थमन्त्रीलाई आर्यन राईको प्रश्नः आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

अर्थमन्त्रीलाई आर्यन राईको प्रश्नः आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ?

काठमाडौं ।

विपक्ष श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ? भनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गर्नुभएको छ । देश ऋण लिएर ऋण तिर्ने संकटमा रहेको उल्लेख गर्दै उहाँले आफनै राजश्वबाट देश चलाउने उपायको खोजी गर्न सरकारलाई गम्भिर हुन आग्रह समेत गर्नुभयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले संवैधानिक आयोगको बजेट घटाउने काम गरेको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

उहाँले बजेटबारे छलफल गर्नका लागि विभिन्न आयोगहरुले समय माग्दा पनि अर्थमन्त्री वाग्लेले नदिएको गुनासो आफूले सुनेको पनि बताउनु भयो ।सांसद राईले सामाजिक रुपमा पनि सबै समुदायलाई माथि उठाउनका लागि राज्यले लगानी बढाउनुपर्न आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार