काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पूँजीगत खर्च दु्रत रुपमा हुनेगरी बजेट ल्याइएको दावी गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । अर्थ मन्त्रालयले यस पटक पूँजीगत खर्च दु्रत रुपमा गराउनका लागि आयोजनाहरुको रकम आवश्यकताअनुसार रकमान्तर गर्ने अख्तियारी सम्बन्धित मन्त्रालयलाई नै दिएको अर्थमन्त्री वाग्लेलेको भनाई थियो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो बजेट स्थानीय तहबाट नै परिचालन हुने गरी संविधान बमोजिमनै बजेट विनियोजन गरिएको पनि स्पष्ट पार्नुभयो । त्यस अवसरमा अर्थमन्त्री वाग्लेले अनिवार्य दायित्व अन्तर्गत नै ठूलो बजेट खर्च हुने गरेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो ।




