फिल्डमा खटिने फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिमः अब कार्यक्षेत्रमै हुनेछ तत्काल उपचार | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

फिल्डमा खटिने फोटो पत्रकारका लागि प्राथमिक उपचार तालिमः अब कार्यक्षेत्रमै हुनेछ तत्काल उपचार

सम्पादक समाज नेपालले फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिरहेको छ ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूका लागि नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरस्थित गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा जारी प्राथमिक उपचार तालिम आईतवार समापन हुनेछ । शनिवारदेखि शुरु भएको तालिममा फोटो पत्रकारहरु आन्दोलन, दुर्घटना, प्राकृतिक विपद्का समयमा तस्बिर खिच्ने क्रममा घाइते भएको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा तालिम प्रदान भइरहेको छ । सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले आन्दोलन तथा दंगाका बेला अग्रपंक्तिमा रहेर काम गर्ने फोटो पत्रकारहरू घाइते हुने गरेको अनुभवका आधारमा तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले फिल्डमा सँगै खटिने फोटो पत्रकार वा सञ्चारकर्मीले सहकर्मीलाई आकस्मिक चोटपटक लागेमा तत्काल प्राथमिक उपचार प्रदान गर्न सकुन् र अस्पताल पुग्दासम्म घाइतेको अवस्था थप जटिल हुन नपाओस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।

फोटो पत्रकार शम्भु दंगालले फोटो पत्रकारहरु संधै फ्रन्टलाइन हुने उल्लेख गर्दै तालिमले फिल्डमा खटिने सहकर्मी साथीलाई दंगा वा आन्दोलनको समयमा चोटपटक लागि हालेमा अवस्था थप बिग्रन नदिन तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
तालिमले फोटो पत्रकारहरूको कार्यक्षमता, आत्मविश्वास र सुरक्षा सचेतनामा थप अभिवृद्धि गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave a Reply