संघीय संसद्को पहिलो बैठक २१ फागुनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा

sangiya samsadh

काठमाडौं, ८ फागुन । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१ )को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुँडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो । १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सांसद निर्वाचित भएका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);