५ बर्षीय बालक अपहरण गर्ने अपहरणकारी प्रहरी फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

साउन २१, काठमाण्डौँ । प्रहरीले बालक विशाल चौधरीको अपहरणमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।  महानगरिय प्रहरी अपराध महाशाखा टेकुले शनिबार पत्रकार सम्मेलन गरी बालक अपहरणमा संलग्न रामेछापका राजु विक र विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो।

विकलाई रामेछापबाट र पाण्डेलाई उदयपुरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आर्थिक उद्देश्यका साथ बालक अपहरण गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

काठमाडौंको असनमा व्यापार गर्दै आएका बिजय चौधरीका ५ वर्षीय छोरा विशाल साउन १२ गते पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुल गेटबाट अपहरणमा परेका थिए ।

उनलाई अपराध महाशाखाको अनुसन्धान टोलिले १६ गते विहान भक्तपुरको काँडाघारीबाट सकुसल उद्धार गरेको थियो । बालक फेला पर्नु अघि अहरणकारीले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैया फिरौति मागेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);