४५ दिनदेखि आन्दोलनरत त्रिवि प्राध्यापकका माग तत्काल सम्बोधन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

४५ दिनदेखि आन्दोलनरत त्रिवि प्राध्यापकका माग तत्काल सम्बोधन गर्न माग

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले त्रिभूवन विश्विद्यालयमा मा २०६५ सालपछि नियुक्त प्राध्यापक तथा कर्मचारीहरू ४५ दिनदेखि आन्दोलनरत भएपनि सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विश्वविद्यालयमा नवप्रवर्तन, खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने प्राध्यापकहरू आन्दोलनमा बस्दा विश्वविद्यालयको अध्ययन अध्यापन प्रभावित भएको बताउनु भयो ।

उहाँले  त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि जारी आन्दोलनप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै सम्माननीय अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।त्रिभूवन विश्विद्यालयका प्राध्यापकहरु ४५ दिनदेखि धर्नामा बसिरहनुभएको छ ।

Leave a Reply