त्रिभूवन विमानस्थलमा नेपाली उत्पादनका वस्तुहरुको विक्री वितरणलाई विशेष व्यवस्था गरियोस्ः सांसद श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

त्रिभूवन विमानस्थलमा नेपाली उत्पादनका वस्तुहरुको विक्री वितरणलाई विशेष व्यवस्था गरियोस्ः सांसद श्रेष्ठ

काठमाडौँ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरुमा अनिवार्य रुपमा नेपाल वस्तुहरुको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरु नेपालबाट बाहिर जाने भएकाले उनीहरुलाई नेपाली स्वाद, नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई त्यहाँ प्राथमिकताका साथ विक्रीका लागि राख्न आवश्यक हुने उहाँको तर्क थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद  श्रेष्ठलेल सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरुको प्रवद्र्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो । सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन पनि नेपाली वस्तुहरुको विश्व बजारमा पहँुच पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार