सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरियता क्रम मिचेर न्यायालयमा राजनीति छिरायोः नेकपा सांसद पुन | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरियता क्रम मिचेर न्यायालयमा राजनीति छिरायोः नेकपा सांसद पुन

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाउनु भयो । उहाँले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गर्नुभयो । उहाँले दुई तिहाई नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरुले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार