प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

Cholendra S J Rana

काठमाडौं, १८ पुस । पछिल्लो २३ वर्षयता सबैभन्दा लामो कार्यकाल भएका प्रधानन्यायाधीशका रूपमा जबराले न्यायालयको नेतृत्व गर्दै हुनुहुन्छ । यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०४८ देखि २०५२ सालसम्म करिब चार वर्षको कार्यकाल पूरा गर्नुभएको थियो ।

उपाध्यायले तीन वर्ष दश महिना प्रधानन्यायाधीशका रुपमा न्यायालयको नेतृत्व गर्नुभएको थियो । त्यसयता कुनै पनि प्रधानन्यायाधीशको कार्यकाल उपाध्यायको भन्दा लामो भएन । २०५६ साल पुस २ गतेबाट प्रधानन्यायाधीश बन्नुभएका केशवप्रसाद उपाध्यायको कार्यकाल तुलनात्मक रूपमा लामो थियो । उपाध्यायले करिब तीन वर्षको कार्यकाल पूरा गर्नुभएको थियो । दुई वर्ष ११ महिना उहाँले

प्रधानन्यायाधीशका रुपमा न्यायालयको नेतृत्व गर्नुभएको थियो । दिलिपकुमार पौडेल, केदारप्रसाद गिरीको कार्यकाल करिब दुई वर्षको थियो । २०६८ वैशाख २३ गतेदेखि प्रधानन्यायाधीश हुनुभएका खिलराज रेग्मीको कार्यकाल पनि तुलनात्मक रुपमा लामो थियो तर उहाँ मन्त्रिपरिषद् अध्यक्षमा चयन हुनुभयो । २३ महिना प्रधानन्यायाधीशका रुपमा उहाँले न्यायालयमा बिताउनुभएको थियो ।

‘न्यायपालिकाका लागि संविधान सर्वोच्च’
सुनुवाइका क्रममा मंगलबार जबराले सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । मंगलबार दुई र आइतबार दश सांसद्ले जबरालाई न्यायालय नेतृत्वका रुपमा कार्ययोजना र प्राप्त उजुरीमाथि जवाफ माग गर्नुभएको थियो । जवाफका क्रममा जबराले संसद्मा पेस गरेको कार्ययोजना अनुसार आफू अघि बढ्ने बताउनुभएको थियो । न्यायमा पहुँचका लागि सेवाग्राहीलाई समानतापूर्वक काम गर्ने प्रतिवद्धता पनि जबराले जनाउनुभयो । यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);