पुननिर्माणमा बेथितिः पुननिर्माण गरिएका २५ प्रतिशत घर एक कोठे, त्याे पनि बस्न लायक छैन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पुननिर्माणमा बेथितिः पुननिर्माण गरिएका २५ प्रतिशत घर एक कोठे, त्याे पनि बस्न लायक छैन्

ghar

काठमाडौं, १८ पुस । नुवाकोटमा पुननिर्माण गरिएका करिव २५ प्रतिशत घरहरु एककोठे पाइएको छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका कार्यक्रम संयोजक बद्री प्याकुरेलका अनुसार जिल्लामा निर्माण भएका घरहरुमध्ये करिव २५ प्रतिशत घर एक कोठे मात्र रहेका छन । जिल्लामा पुननिर्माण गरिएका करिब २३ हजार घरमध्ये करिव १० हजार घर एककोठे रहेको प्याकुरेलले बताए ।

जिल्लामा एककोठे घर निर्माणको क्रम तिव्र वनेसँगै जिल्लाबाट निर्वाचित भएका सांसदहरु समेत जिल्लामा भएको पुनिनिर्माणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन । नुवाकोटबाट प्रतिनिधिसभा क्षेत्र नं २ बाट निवार्नचित भएका सांसद हितबहादुर तामाङले जिललामा बनेको घरलाई सलाई बट्टाको संज्ञा दिँदै यस्तो घरमा कसरी बस्ने भन्दै प्रश्न गरेका छन । तामाङले एककोठे घर बनेपनि त्यो बस्न लायक नभएको र सुन्गुरको पाठा बस्ने घर भएको भन्दै किस्ता पारित गर्ने इन्जिनियप्रति समेत उनले असंतुष्टि पोखे ।

त्यस्तै जिल्ला बनेको एककोठे घर प्रति जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले पनि असन्तृष्ट जनाएका छन। जिसस प्रमुख तामाङले जिल्लामा भएको पुननिर्माणबाट आफु पुर्ण रुपमा असन्तृष्टि रहेको बताए । उनले अब जिससले पुन आफ्नो मौलिक परम्परा कायम गर्ने घर बनाउने अभियान संचालज गर्ने बताए । याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);