उज्वल थापा अन्तर्मुखी र अपरिपक्व छन् : डा. सूर्यराज आचार्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

उज्वल थापा अन्तर्मुखी र अपरिपक्व छन् : डा. सूर्यराज आचार्य (भिडियोसहित)

kharo prashna

काठमाडौं, १८ पौष । मुलुकको अहिले अवस्था अलि बेग्लै प्रकारको रहेको छ । बलियो सरकार छ र सरकारसंग ठुलो आशा गरिरहेको ठुलै जमात पनि रहेको छ । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका नेपालिहरु पनि सरकार के गर्दैछ, कता जादै छ भनेर अपेक्षा गरेर बसिरहेका छन् । कति मानिसहरु देशको अवस्था सुधिर्यो भने फर्कौला भनेर पनि बसिरहेका छन् भने कति पय चाहिँ देशको अवस्था झन् बिग्रन थाल्यो भनेर विदेशिने सोच बनाउदै छन् । नेपालमा पुराना पार्टीहरु नेपाली काँग्रेस र नेकपा रहेका छन् र उनीहरुको सोच र काम गर्ने शैली एउटै भयो भनेर तेस्रो पार्टीको उदय भयो, विवेकशील साझा । त्यो पार्टीले अबको युवा पुस्ता के चाहन्छ ? २१ औं शताब्दी अनुकुलको मुलुक कसरी बनाउने भन्ने केहि धारणा सार्बजनिक गर्यो र त्यसलाई युवाहरुले रुचाए । तर, करिब एक वर्ष अगाडी जुटेको पार्टीमा अहिले खटपट सुरु भएको छ । विवेकशील साझामा खटपट चाहिँ के कारणले भयो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);