बालेनको नयाँ फोटोसँगै स्वदेशी याक चिजको चर्चा, डीडीसी उत्पादनलाई दिए प्रवर्द्धन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

बालेनको नयाँ फोटोसँगै स्वदेशी याक चिजको चर्चा, डीडीसी उत्पादनलाई दिए प्रवर्द्धन

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको नयाँ फोटो फेरि चर्चामा आएको छ । यसअघि सेतो सर्ट लगाएको तस्वीर भाइरल बनेपछि चर्चा कम नहुँदै उनले शनिबार अर्को फोटो साझा गरेका छन् । यसपटक भने तस्वीरले केवल उनको उपस्थितिमात्र होइन, स्वदेशी उत्पादनको प्रवर्द्धनलाई पनि केन्द्रमा ल्याएको छ । उनले डीडीसीले उत्पादन गर्ने याक चिज खाँदै गरेको तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।याक चिज मुख्यतया उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उत्पादन गरिन्छ ।

दुग्ध विकास संस्थान ९डीडीसी० का अनुसार, यस चिजलाई उच्च गुणस्तरको दुग्ध उत्पादनका रूपमा लिइन्छ र आन्तरिक तथा बाह्य बजारमा यसको माग पनि रहेको छ ।डीडीसी अन्तर्गतका उत्पादन केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको तथ्यांक छ । बालेनले सार्वजनिक गरेको तस्वीरलाई धेरैले स्वदेशी उत्पादनको प्रचार र स्थानीय उद्योगप्रतिको समर्थनका रूपमा अर्थ्याएका छन् ।

Leave a Reply