मुलुक विकासका योजना बनाउन प्रधानमन्त्री ओलीलाई नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

मुलुक विकासका योजना बनाउन प्रधानमन्त्री ओलीलाई नेपालको सुझाव

काठमाडौं, ४ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प नरहेको स्पष्ट पारे।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कृषि, पर्यटन र जलस्रोत नै मुलुक समृद्धिको मुख्य आधार भएको उल्लेख गरे । वरिष्ठ नेता नेपालले रोजगारी वृद्धि र उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याए।