पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रका नेताको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रका नेताको बैठक बस्दै

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय टुंगो लगाउन आज छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बसेर एकताका बाँकी विषय टुंगो लगाइने दुई दलका नेताहरुले बताएका छन् ।

oli-prachanda

काठमाडौं, ४ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय टुंगो लगाउन आज छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बसेर एकताका बाँकी विषय टुंगो लगाइने दुई दलका नेताहरुले बताएका छन् । समितिको बैठक विहिबार बस्ने भनिए पनि नयाँ सरकार गठन र सपथको व्यस्तताले बैठक आज बस्न लागेको हो । एमाले र माओवादी केन्द्रबीच संयुत्तः नेतृत्वमा पार्टी सञ्चालन गर्ने सहमति भएपनि एकीकृत पार्टीको कार्यदिशामा सहमति हुन बाँकी छ ।

कार्यदिशामा सहमति नभएका कारण माओवादीले मन्त्रिपरिषद्मा सहभागी हुन अस्वीकार गरेकाले एमाले आजको बैठकमा लचिलो रुपमा प्रस्तुत हुने बताइएको छ । माओवादी केन्द्रले आफूले अंगिकार गर्दै आएको माओवादलाई पनि एकीकृत पार्टीको कार्यदिशा बनाइनुपर्ने बताएकामा एमालेले जनताको बहुदलीय जनवाद वाहेक अरु नमान्ने अडान लिएपछि दुई पार्टीबीचको दूरी बढेको विहिबारको मन्त्रिपरिषद् गठनले देखाइसकेको छ ।