नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यलाई तिब्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यलाई तिब्रता

KP-Oli-and-Prachanda

काठमाडौं, ७ माघ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्यलाई तिब्रता दिएका छन् । पार्टी एकताका विषयमा छलफलका लागि आज अपरान्ह दुई पार्टीको पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । अपरान्ह ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने नेताहरुले बताएका छन् ।

उनीहरुले बैठकले पार्टी एकताको टुंगो लगाउन कार्यदल गठन गर्ने बताएका छन् । नेताहरुका अनुसार वैचारिक र सांगठनिक विषय टुंगो लगाउन कार्यदल गठन गर्ने तयारी छ । एकता संयोजन समितिमा छलफल गर्ने विषयलाई लिएर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार तीन घण्टा तथा शनिबार डेढ घण्टा लामो भेटवार्ता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);