अमेरिका-इरान द्वन्द्वमा तीन सय ६५ अमेरिकी सैनिक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

अमेरिका-इरान द्वन्द्वमा तीन सय ६५ अमेरिकी सैनिक घाइते

एजेन्सी । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म तीन सय ६५ अमेरिकी सैनिक युद्धमा घाइते भएका छन् ।  पेन्टागनको अनलाइन अपडेट अनुसार दुई सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् ।

त्यस्तै, १३ जनाको मृत्यु भएको बताइएको छ । जसमा सात जना शत्रुतापूर्ण मृत्यु, ६ जना कुवेतमा इरानी आक्रमणमा मारिएका र एक जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ ।

शुक्रबार इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्ध विमानमा सवार कुनै चालक दलका सदस्यहरू यस संख्यामा समावेश छन् कि छैनन् भन्ने स्पष्ट छैन ।

Leave a Reply