प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त

विराटनगर, २ फागुन । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डाक्टर गोबिन्द सुब्बाले संबैधानिक प्रावधानअनुरुप राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथग्रहण भने बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृहको हलमा तोकिएको छ । मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए ।

वाम गठबन्धनले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार दाबी प्रस्तुत गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको थियो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनको दुईतिहाइ मत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);