प्रदेश ५ को सभामुखमा पुर्णबहादुर घर्ती निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रदेश ५ को सभामुखमा पुर्णबहादुर घर्ती निर्विरोध निर्वाचित

बुटवल, २ फागुन । प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रका पुर्णबहादुर घर्ती चयन भएका छन् ।आज बसेको प्रदेश सभा बैठकमा जेष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गरेका बलदेव शर्मा पोखरेलले घर्तीलाई निर्विरोध सभामुख चयन भएको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रका सचेतक दघिराम न्यौपानको प्रस्ताव र एमाले सचेतक भुमिश्वर ढकालको समर्थनमा घर्ति सभामुख बनेका हुन् ।सभामुखमा निर्वाचित भएसँगै घर्तीले प्रदेश नम्बर ५ लाई समृद्ध बनाउने प्रतिवद्धता जनाए ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई माओवादी केन्द्रको संसदीय दलको बैठकले सभामुख बनाउने निर्णय गरेको थियो । प्रदेश ५ को संसदमा वाम गठबन्धनको बहुमत छ । ८७ सांसद मध्ये गठबन्धनको ६१ सांसद छन् । बैठकले उप सभामुखको निर्वाचन भने फागुन ६ गतेलाई तोकेको छ ।