पार्टी एकताबारे एमाले र माओवादी नेता के भन्छन् ? | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

पार्टी एकताबारे एमाले र माओवादी नेता के भन्छन् ?

umale maobadi

काठमाडौं,२९ माघ । पार्टी एकताको सन्दर्भमा एमाले नेता प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता जनार्दन शर्माको भनाइुछलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । दुवै पार्टीका नेताको अधिकतम व्यवस्थापन कसरी गर्नेबारे छलफल हुन्छ, तर पदीय बाँडफाँडकै कारण एकतामा अनावश्यक विलम्ब हुँदैन । सरकार गठनअघि पार्टी एकताको राजनीतिक खाका बन्छ, फागुनभित्र पार्टी एकता सम्पन्न हुन्छ । – प्रदीप ज्ञवाली

मुख्य दुई नेताबीचको छलफल अब छिटै निष्कर्षमा पुग्दै छ । अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई मैले देशको आवश्यकतामा फड्को मार्ने एउटा स्पिरिटका रूपमा बुझेको छु । उहाँको अभिव्यक्ति एकताविरोधी होइन किनभने उहाँ एकताका पक्षमा दृढ हुनुहुन्छ ।- जनार्दन शर्मा

दुवै नेता एकता गर्नकै लागि दृढ हुनुभएकाले छिटै एउटा निचोडमा पुग्नुहुनेछ । कुराकानी हुँदा नेतृत्व, विचार, संगठनलगायत सबै विषयमा छलफल हुन्छ । तर, सानो कुरामा विभिन्न खाले समाचार बन्ने वातावरण रहे पनि दुई अध्यक्षबीचको छलफल धेरै सकारात्मक छ ।आजको नयाँ पत्रिकामा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);