प्रधानन्यायधीशका नागरिकतामै ३ जन्ममिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानन्यायधीशका नागरिकतामै ३ जन्ममिति

gopal parajuli

काठमाडौं,२९ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तीमा दुईपटक जन्म मिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य फेला परेको छ । नागरिकताको अभिलेखमा पटक पटक तथ्यांक फेरबदल गर्नु कानुनी रुपमा दण्डनीय मानिन्छ ।

‘२०३० साउन २१ मा तनहुँबाट नागरिकताको प्रमाणपत्र निकालेका पराजुलीले त्यसपछि काठमाडौंबाट कम्तिमा दुई पटक प्रतिलिपि निकालेको तथ्य यसअघि सार्वजनिक भएको थियो । अर्को कागजातले भने प्रधानन्यायाधीश पराजुलीले २०४९ सालअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्को नागरिकता लिएको देखिन्छ ।

यसैगरी कर्मचारी सञ्चयकोष कार्यालयको उच्च स्रोतबाट प्राप्त विवरणअनुसार पराजुलीले अन्य शैक्षिक प्रमाणपत्रमा नभएको जन्ममिति अभिलेखमा पेस गरेको देखिन्छ । २०४८ कात्तिक २३ देखि कर्मचारी सञ्चयकोषमा कोष कट्टा सुरु गरेका उनले २०४९ साउन ३१ गते सञ्चयकोषको परिचयपत्र बनाएको खुलेको छ । सञ्चयकोषको विवरणमा २०१० बैशाख १३ गतेको जन्ममिति र १४०३\४४१ नम्बरको नागरिकता काठमाडौंबाट जारी भएको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय स्रोतले भन्यो,

यसको अर्थ उहाँले २०४९ साउनअघि नै काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्यो । त्यतिबेला अर्को जिल्लाबाट नागरिकता लिएको व्यक्तिले नागरिकता सच्याउन पाउने कानुनी व्यवस्था थिएन । स्रोतको दावीअनुसार २०३० साउन २१ गते २१ वर्ष उल्लेख गरी नागरिकता लिएका उनले २०१० साल बैशाख १३ गते जन्ममिति भनी सच्याउने कानुनी आधारसमेत छैन भने अन्य प्रमाणसमेत उनीसँग छैन ।खबर आजको कान्तिपुरमा छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);