काठमाडाैं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुगलिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अविरल वर्षासँगै आज बिहान ८ ४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो ।
सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १० : २५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको प्रहरीकाे भनाइ छ ।
सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।





